विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर धानमा क्षति पुर्याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो ।
साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ । हात्तीले गारो भत्काउँदा कोठाभित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते