विराटनगर । जंगली हात्तीले मोरङको सुन्दरहरैंचा नगरपालिका-१० बागझोडामा तीनवटा घर भत्काएको छ । बुधबार बिहान करिब ४ बजे जंगलबाट बागझोडाको बस्ती पसेको एउटा जंगली हात्तीले स्थानीय खड्गमाया बराल, चन्द्रकला श्रेष्ठ, कृष्णदेव राईको घरमा क्षति पुर्याएको हो ।
प्रहरीका अनुसार हात्तीले बरालको टिनको छानो भएको घरको टाटीबेरा भत्काएर १५ मन बराबर धानमा क्षति पुर्याएको छ । घरमा खानका लागि राखेको धान हात्तीले टाटी भत्काएर खाइएको थियो । नखाएको धान हात्तीले वरपर छरेको थियो ।
साही स्थानकी श्रेष्ठको घरको उत्तर पट्टीको गारो हात्तीले भत्कादिएको छ । हात्तीले गारो भत्काउँदा कोठाभित्र रहेको दराज, पलङमासमेत क्षति पुगेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती धपाउन झापामा विशेष गस्ती
झापामा हात्ती धपाउन विशेष गस्ती परिचालन
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मरेको अवस्थामा भेटियो जंगली हात्ती
चितवनका दुई हात्ती कतार पठाइँदै
पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’