काठमाडौं। दक्षिण भारतीय अभिनेता अजित कुमार दुबईमा दुर्घटनामा परेका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनलाई चोट भने लागेको छैन। यतिबेला सामाजिक सञ्जालमा उनको दुर्घटनाको भिडिओ भाइरल भइरहेको छ। भिडिओमा अजित कार चलाइरहेका छन्।
उनी कार रेसमा सहभागी हुन दुबई पुगेका थिए। जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए। प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्कियो।
अजित दुबईमा हुने २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन्। उनले आफ्नो टिमसँग प्रशिक्षण सुरू गरेका थिए।
अजित रेस टिमको मालिक पनि हुन्। उनी आफ्नो साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग ९९९ क्लासमा पनि सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते