काठमाडौँ । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको बुधबार पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ भएको छ । न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
अधिवक्ता यज्ञप्रसाद अधिकारीले गृहमन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य रमेश लेखकसहित सांसदहरू श्यामकुमार घिमिरे, सुर्यबहादुर थापा क्षेत्री, अमरबहादुर थापा र महेशकुमार बर्तौलाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
उनीहरूले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै संसदमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव