एजेन्सी । नेपाल–चीन सीमा क्षेत्रमा गएको भूकम्पबाट चीनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।
चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ ।
आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ पुस २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का
वैशाख १२ को भूकम्प: आज स्मृति दिवस
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा