काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन् ।
‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्यांकन (डीडीए) को काम सुरु गर्ने र डीडीए भइसकेको ठाउँमा पुनर्निर्माणको काम अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने ।
विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निर्माण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं । आगामी माग तेस्रो सातादेखि जाजरकोटको भूकम्पको विपद् क्षतिको मूल्यांकन कार्य सुरु हुनेछ,’ उनले भने ।
उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ ।गृहमन्त्री लेखकका अनुसार साँझ सात बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ ।
आइतबारको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनर्निर्माणको कामले तीव्रता पाउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव