काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औं बैठकमा गृहमन्त्री लेखकले उक्त विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण कार्य तीव्र रूपमा अगाडि बढ्ने बताएका हुन् ।
‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्यांकन (डीडीए) को काम सुरु गर्ने र डीडीए भइसकेको ठाउँमा पुनर्निर्माणको काम अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने ।
विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निर्माण गर्नका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौं । आगामी माग तेस्रो सातादेखि जाजरकोटको भूकम्पको विपद् क्षतिको मूल्यांकन कार्य सुरु हुनेछ,’ उनले भने ।
उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ ।गृहमन्त्री लेखकका अनुसार साँझ सात बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ ।
आइतबारको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनर्निर्माणको कामले तीव्रता पाउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक