काठमाडौं । सर्लाहीको रमानगर वडा नम्बर ५ बैजनाथमा गएराति स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले पाँच राउन्ड गोली चलाएको छ ।
मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उक्त स्थानमा प्रहरीले मापसे चेक गरिरहेको थियो ।
मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष श्रीनन्दन यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।
प्रहरीका अनुसार वडाध्यक्ष श्रीनन्दन राय पनि मादक पदार्थ सेवन गरेर आएका थिए । १५० जनाको टोलीले प्रहरीको गाडीमाथि आक्रमण गर्न थालेपछि पाँच राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ । घटनामा केही स्थानीयसहित एकजना प्रहरी घाइते भएका छन् । प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार