काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको लागि उक्त रकम बराबरको बोलकबोल गरेको छ ।बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपछि राष्ट्र बैंकले यस्ता मौद्रिक उपायमार्फत तरलता खिच्ने गर्छ ।
आज बोलकबोल आह्वान गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ ।
उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंक(तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
असार १५ भित्रै मौद्रिक नीति ल्याउने तयारी
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो