काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप संकलन उपकरणको प्रयोग गर्दै राष्ट्र बैंकले २१ दिनको लागि उक्त रकम बराबरको बोलकबोल गरेको छ ।बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपछि राष्ट्र बैंकले यस्ता मौद्रिक उपायमार्फत तरलता खिच्ने गर्छ ।
आज बोलकबोल आह्वान गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी माघ ९ गते हुनेछ । यसमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ ।
उक्त रकम बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा पनि प्रयोग हुने राष्ट्र बैंकले जनाएको छ । यसमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक