वासिङ्टन डिसी । अमेरिकी खर्बपति व्यापारी तथा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको बाहिरी सल्लाहकार एलन मस्कले आफ्नो नाम फेरेका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कले आफ्नो नाम फेरेर केकिउस म्याक्सिमस राखेका छन् ।
एक्सको प्रोफाइलमा नयाँ फोटो र नाम राखेको बारे उनले कुनै पनि स्पष्टीकरण दिएका छैनन् । प्रोफाइलमा उनले कमिक पात्र पेपे द फ्रगको तस्बिर राखेका छन् । यो तस्बिरलाई अति दक्षिणपन्थी समूहले मेमेको रूपमा प्रयोग गर्दै आएका छन् ।
मस्कको यो कदमले क्रिप्टोसंसारमा हलचल उत्पन्न गराएको छ । मेमेक्वाइनको भाउ आकाशिएको छ । विगतमा पनि मस्कको हरेक कदमले क्रिप्टोकरेन्सीको भाउ प्रभावित बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो 'ट्रिलियनेयर' बन्ने दौडमा एलन मस्क
एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयर धनीहरूद्वारा रेकर्ड तलब योजना पारित
नयाँ पार्टी खोल्ने एलन मस्कको घोषणा
ट्रम्पसँगको खटपटपछि एलन मस्कले गरे नयाँ राजनीतिक दल गठनको घोषणा