काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ रोकिएको हो ।
बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए । पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको उनले बताए ।
सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भएका छन् । आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी