काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाको शपथ लिएका हुन् ।
प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरे । सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनिर्वाचित सभामुखको शपथ २:३० बजे
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नवनिर्वाचित सांसदहरूले लिए शपथ
६३ सांसदले मातृभाषामा शपथ लिने
नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ
नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्माले लिए शपथ, आजै पदभार ग्रहण गर्ने