हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले हाल कायम रहेको पाठ्यक्रमले प्रभावकारी रुपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकेको बताए ।
शुक्रवार मकवानपुर बहुमुखी क्याम्पसको व्यवसाय इक्युवेशन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले बजारको माग अनुसारको व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्न आवश्यक रहेको बताए । व्यावसायिक र व्यवहारिक शिक्षासहित बजारको माग अनुसारको जनशक्ति उत्पादनमा अग्रसर हुन जरुरी रहेको उनको भनाई छ ।
उनका अनुसार औद्योगिक क्षेत्रसँग समन्वय गरेर अध्ययन अध्यापनको मोडल निर्माण गर्नुपर्छ । उक्त कार्यमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए । कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विधार्थी पलायन हाल कै गतिमा हुने हो भने निकट भविष्यमा नेपाल वृद्ध आश्रमको देश बन्ने बताए ।
उनले विद्यार्थी पलायनलाई रोक्न व्यवसाय इक्युवेशन केन्द्रले सहयोग गर्ने बताए । विद्यार्थीहरूलाई लगनशील रूपमा उत्पादनमा जोड्दै व्यवहारिक शिक्षामा जोड्नु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।
नेपालमा केही हुन्न भन्ने भाक्ष्यलाई चिर्न सरकारले शिक्षालाई व्यवहारिक बनाउन जरुरी रहेको उनले बताए । क्याम्पसले विद्यार्थीकै समष्टिगत विकासका लागि उक्त व्यवसाय इक्युवेशन सेन्टरको स्थापना गरेको क्याम्पस प्रमुख यमप्रसाद सिलवालले जानकारी दिए ।
विद्यार्थीहरूको ज्ञान सिप क्षमता र सिकाइलाई व्यावसायिक रूपमा अघि बढाउन सेन्टरले भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । विद्यार्थीहरूमा नवप्रवर्तन प्रतिको लगाव बढाउने, व्यावसायिक सोच तथा मनस्थितिको विकास, पेसा व्यावसायिक अभिवृद्धि गरेर उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्नु सेन्टरको प्रमुख धेय रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ पुस २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने
बागमतीको मुख्यमन्त्रीमा इन्द्र बानियाँको दाबी पेस