काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘क्रिसमस डे’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
प्रत्येक वर्ष डिसेम्बर २५ तारिखको दिन ‘क्रिसमस डे’ लाई इसाई धर्मावलम्बीले धार्मिक–सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् । यस अवसरमा उहाँले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण इसाई धर्मावलम्वीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यिनै विविधताबिच मनाइने यहाँका विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रितिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन्”, सभापति देउवाले भने ।
‘क्रिसमस डे’ का अवसरमा सबैका घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै उनले शुभ–कामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० पुस २०८१, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारी : देउवा
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच बालुवाटारमा छलफल