काठमाडौँ। त्रिभुवन विश्वविद्यालय स्वतन्त्र युनियन (स्ववियु) चुनावको तयारीमा जुटेको छ ।
त्रिविको क्यालेन्डर अनुसार १५ फागुनमा स्ववियु चुनाव गराउने उल्लेख छ । क्यालेन्डर अनुसार चुनाव गराउन विद्यार्थी कल्याण परिषद्ले तयारी थालेको हो।
मंगलबार रेक्टर खड्ग केसीको अवध्यतामा बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले केन्द्रीय चुनाव समिति बनाउने र विद्यार्थी संगठनसँग छलफल गर्ने निचोड निकालेको छ । त्रिवि अन्तर्गतका सबै क्याम्पसमा एकैपटक चुनाव गरिने बताइएको छ ।
स्ववियु चुनाव दुई-दुई वर्षमा गर्ने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ पुस २०८१, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी