सर्लाही । सर्लाहीमा ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा एक युवकको मृत्यु भएको छ।
नवलपुर-मलंगवा सडक अन्तर्गत फरहदवा नगरपालिका- ३ मा सोमबार साँझ ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकल चालक १९ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मृत्यु हुनेमा सर्लाहीकै कविलासी नगरपालिका-७, का १९ वर्षीय चन्दन यादव रहेका प्रहरीको भनाई छ।
हरिपुरबाट गैरतर्फ जाँदै गरेको ज २ त ४५२ नम्बर ट्याक्टरमा यादवले चलाएको बीआर ०५ एक्यू ८७५९ नम्वरको भारतीय मोटरसाइकल पछाडिबाट ठोकिँदा दुर्घटना भएको हो। तीव्र गतिको कारण दुर्घटना भएको स्थानीयले बताएका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। युवकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
पाकिस्तानी गोलाबारीमा भारतको जम्मू क्षेत्रमा पाँचजनाको मृत्यु, तीन घाइते
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते