 
                                    काठमाडौँ । नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ । गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु देउमान लिम्बु अचेत अवस्थामा भेटिएकामा उनको उपचारका क्रममा केएमसी अस्पतालमा निधन भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
गएराति हङकङबाट काठमाडौँका लागि निगमको आरए ४०१ उडान भएको थियो । उनी जहाजमै अचेत भेटिएपछि नजिकको अस्पताल केएमसी लगेपनि गएराति नै अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।
 
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ पुस २०८१, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन