काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार साँझ बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ।
बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
बिहीबार साँझका लागि बोलाइएको मन्त्रिपरिषद् बैडक प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि स्थगन गरिएको थियो।
बिहीबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य त्यति राम्रो नदेखिएपछि अति जरुरी भेटघाटबाहेकका कार्यक्रम (मन्त्रिपरिषद् बैठकसमेत) स्थगन गरिएको थियो।
स्वास्थ्य ठीक नभएकै कारण बिहीबार ललितपुरमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को कार्यक्रममा समेत प्रधानमन्त्री ओली गएनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटअघि मन्त्रालय पुनर्संरचना : आज मन्त्रिपरिषद् बैठकमा मर्ज र खारेजको खाकामा छलफल
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त