काठमाडौँ । मंसिर २९ र ३० गते राष्ट्रिय कार्याशालामार्फत संकल्प गरेका कार्यक्रमलाई कार्यान्वयनमा लैजान नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।
त्यसका लागि सचिवालयको बैठक पुस १० मा र केन्द्रीय कमिटीको बैठक पुस २० र २१ गते बोलाउने तयारी भएको एमाले नेताहरुले जनाएका छन् । यद्यपी दुवै मिति घोषणा भैनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
‘पहिला सचिवालय बैठक बस्छ त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छ तर दुवै बैठकको मिति घोषणा हुन बाँकी छ’, गौतमको भनाइ छ । एमालेले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गर्दै आएको छ ।
त्यसका आगामी माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रीत कार्यक्रम अभियानका रुपमा चलाउने एमालेले संकल्प गरेको छ । केन्द्रीय कमिटी बैठकले तीन महिने वडा केन्द्रीत कार्यक्रमको मोडालिटी समेत तय गर्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले जनतासँग माफी माग्दै मार्गप्रशस्त गर्नुपर्छ: एमाले
सरकारले जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन: एमाले
एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन
एमालेको निष्कर्ष : सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढ्यो
पार्टी जागरण अभियानमार्फत गाउँ पस्दै एमाले
एमाले केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने