काठमाडौँ । मंसिर २९ र ३० गते राष्ट्रिय कार्याशालामार्फत संकल्प गरेका कार्यक्रमलाई कार्यान्वयनमा लैजान नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।
त्यसका लागि सचिवालयको बैठक पुस १० मा र केन्द्रीय कमिटीको बैठक पुस २० र २१ गते बोलाउने तयारी भएको एमाले नेताहरुले जनाएका छन् । यद्यपी दुवै मिति घोषणा भैनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
‘पहिला सचिवालय बैठक बस्छ त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छ तर दुवै बैठकको मिति घोषणा हुन बाँकी छ’, गौतमको भनाइ छ । एमालेले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गर्दै आएको छ ।
त्यसका आगामी माघदेखि चैतसम्म तीन महिने वडाकेन्द्रीत कार्यक्रम अभियानका रुपमा चलाउने एमालेले संकल्प गरेको छ । केन्द्रीय कमिटी बैठकले तीन महिने वडा केन्द्रीत कार्यक्रमको मोडालिटी समेत तय गर्ने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ पुस २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो सचिवालय बैठक
मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : एमाले नेता अधिकारी
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै