काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डा. बलबहादुर पराजुली र लक्ष्मण केसीलाई सञ्चालक सदस्यमा नियुक्त गरेका हुन् ।
मंगलबार मात्रै सञ्चालकद्धय कपिल आचार्य र भक्तबहादुर पुनको कार्यकाल सकिएको थियो । मन्त्री खड्काले रिक्त पदमा दुई सदस्य नियुक्त गरेका हुन् । पेसाले दुवैजना इन्जिनियर हुन् । केसी डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष छन् ।
यसअघि कार्यकाल सकिनुअघि आचार्य र पुनलाई हटाउन मन्त्री खड्काले निर्णय गरेका थिए । तर अदालतले मन्त्रीको निर्णयविरुद्ध आदेश दिएपछि उनीहरूले निरन्तरता पाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो: नेपाल विद्युत् प्राधिकरण
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन