काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१४ नैकाप क्षेत्रमा चोरीका घटना बढेका छन् ।
मैनु डिन मियाको घरमा सोमबार दिउँसो चोरी भएको छ । प्रहरीका अनुसार नगद ५० हजार रुपैयाँ, अन्दाजी ३ तोला बराबरको सुनको विभिन्न गरगहना र १ थान मोबाइल समेत गरी करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
यसअघि नैकापमा शुक्रबार पनि चोरी भएको थियो सो स्थानमा डेरा गरी बस्ने गुल्मी रुरु गाउँपालिका-३ घर भएका ४० वर्षीय लिलाधर ज्ञवालीको कोठामा चोरी भएको हो ।
शुक्रबार दिउँसो सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ७० हजार रुपैयाँ गरी करिब १४ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ पुस २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा
रुपन्देहीको एक सहकारीमा चोरी, सीसीटीभी समेत गायब
कीर्तिपुरमा नगद तथा सुनका गरगहाना चोरी
चाैतीस टन प्याज चोरी पैठारी गर्नेविरुद्ध मुद्दा दायर
टोखाबाट डेरा फोडेर करिब २ लाख बराबरको चोरी