काठमाडौँ । रुपन्देही र कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
रूपन्देहीको कंचन गाउँपालिका-२ बेहोरी बस्ने ३६ वर्षीय शुसिल बोहोरा र २५ वर्षीय सुरेस थारूलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी सालझण्डीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलालीको टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१ दुर्गानगर बस्ने २१ वर्षीय सागर चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ