काठमाडौँ । सभामुख देवराज घिमिरेले समाजमा संसदीय व्यवस्थाको महत्त्व बुझाउने, यसको गतिविधि जनतनमा पुर्याउन र यसको उचाइ बढाउन संसदीय पत्रकारिता महत्त्वपूर्ण रहेको बताएका छन् । सोमबार संसदीय पत्रकारिता, अवधारणा र अभ्यास’ नामक पुस्तकको विमोचन गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन् ।
घिमिरेले जनरल पत्रकारिताभन्दा संसदीय पत्रकारिता विशिष्ट काम भएको समेत बताए । संसद्को विशेष अधिकार ठिक ढङ्गले लान पत्रकारहरूले मिहिनेतपूर्वक काम गरेको समेत उनले बताए । सभामुख घिमिरेले भने, ‘२०४६ पश्चात् पत्रकारिताले विशिष्ट भूमिका खेलेको छ । संसदीय मामिलाको गतिविधि र लेखेको समाचारले सांसदहरूलाई संसद्मा गएर के गर्न हुन्छ हुँदैन भन्नेमा जिम्मेवारी बहन गराउन भूमिका निर्वाह गरेका छन् ।’
उनले पत्रकार र सांसदबिच भएको सहकार्यले लोकतन्त्रलाई बलियो बनाएको समेत बताए । ‘हामीभित्र शासन प्रणालीको कमजोरीलाई देखाएर व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको सन्दर्भमा पत्रकारले पनि भूमिका खेल्नुपर्छ’ उनले भने ।
उनले अहिले १५–२० वटा विधेयक समितिमा रहेको बताउँदै सांसद उत्तरदायी भएनन् भन्ने बाहिर म्यासेज गएको समेत बताउँदै त्यसमा आफ्नो ध्यान गएको बताए । उनले भने, ‘यस्तो बेला यी समिति नियमित ढङ्गले सञ्चालन गर्न मैले दलका नेता तथा समितिका सभापतिलाई एकल र फरक फरक बसेर बारम्बार निर्देशन दिने काम गरेको छु ।’
घिमिरेले सङ्घीयतामाथि प्रश्न उठेका बेला ऐन बनाउने विषयमा मुख्य मुख्य विधेयक पास गर्न आफूले पटक पटक निर्देशन दिएको बताए । उनले भने, ‘हामीभित्र केही समस्या छ, जनताको संसद्प्रतिको सकारात्मक धारणा हिजोभन्दा घट्दै गएको छ । यी कुरामा सबैले ध्यान दिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती विधेयकमा भएको गडबडी छानबिन समितिका सदस्यहरूले गरे सभामुखसँग छलफल
कुलिङ अफ पिरियडको गडबडी छानबिन गरी विधेयक सच्याउन सभामुखको जोड
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल सिंहदरवारमा जारी
विधेयकको अवस्थाबारे छलफल गर्न सभामुखले बोलाए समितिका सभापतिहरूसँगको बैठक
प्रमुख तीन दलका मुख्य सचेतकसँग छलफल गर्दै सभामुख
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह