बुटवल। दाङमा विंगर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै विङ्गर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । कपिलवस्तुको चद्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको गाडी बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए ।
तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने प्रहरी नायव उपरीक्षक थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ पुस २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते