काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपा सभापति रवि लामिछानेसँग सरकारले कुनै प्रतिशोध नराखेको दाबी गरेका छन्।
नेपाल प्रेस युनियन पर्सा शाखाले विरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै सरकारको नभई अदालतको आदेशले अहिले जिल्ला जिल्लामा घुमाइरहेको बताए।
उनले भने, उहाँलाई कतिदिन थुन्ने के गर्ने भन्ने निर्णय सरकारले गरेको होइन। त्यो अदालतले गरेको निर्णय हो। अदालतले नै थुनामा राखेर छानबिन गर्ने आदेश दिएको छ। जुन ठाउँको अदालतले आदेश दियो त्यहाँ त उम्याउँनै पर्छ। सरकारले चाहेर घुमाएको होइन। यसमा कुनै पूर्वाग्रह छैन।
माओवादीद्वन्द्वको क्रममा आफ्नो पार्टीको कयौँ मानिसको ज्यान जाँदा त अहिले कुनै पूर्वाग्रह नरहेको उदाहरण दिँदै रास्वपासँग पूर्वाग्रह राख्नुपर्ने कुनै कारण नभएको बताए। कानूनी शासनमा आरोप लागिसकेपछि त्यसको छिनोफानो अदालतले नै गर्ने सुनाए।
उनले पार्टीका वरिष्ठ नेताहरुले कानूनी प्रक्रियामा पर्दा आफूहरूले सडकमा जुलुस ढुंगामुढा केही नगरेको बताए। उनले अदालतमा गइसकेको विषयलाई ढुंगामुढा गरेर छोड भने रास्वपाको प्रवृत्ति गलत भएको बताए।
उनले चितवनमा शान्ति सुरक्षालाई ख्याल गरेर रविलाई राति नै चितवनबाट पोखरा लगिएको भन्दै अरु कुनै नियत नभएको प्रष्ट्याए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन