काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उँधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका पर्व मनाइने गरिएको उल्लेख गर्दै भने, “आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठुलो महत्त्व छ । असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।”
प्रधानमन्त्री ओलीले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेँसी (उँधो) झर्ने दिनका रूपमा आज उँधौली पर्व मनाइने प्रचलन रहेको बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० मंसिर २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की