नवलपरासी । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षा स्थापना, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम र संविधान कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आज नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा उनले मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । “स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो”, उनले भने ।
फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण सफल भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग सुमधुर र सौहार्दपूर्ण सम्बन्ध कायम रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ मंसिर २०८१, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीको एक वर्ष : कानुनी सुधारको प्रयास
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण
नागरिकता विधेयकअसार १४ गते पास हुन्छ : गृहमन्त्री लेखक
वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि समिति गठन
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ