काठमाडौँ । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ ।
विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।
नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड० हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो ।
यो ऋणले नेपालका वित्तीय उपकरण, जलसुरक्षा, सिँचाइ, भू-उपयोग तथा व्यवस्थापन, दिगो वन व्यवस्थापन, जलवायु एवम् विपद् सूचना प्रणालीलगायतमा उपयोग हुने बताइएको छ

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ मंसिर २०८१, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंककाे प्रक्षेपण
नेपालको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग
साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता