काठमाडौं । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंक घटेको छ ।
अघिल्लो दिन २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२ अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो । ४० कम्पनीको मूल्य बढ्दा २०४ को घट्यो ।
उत्पादन सेक्टर ०.३८ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । बैंकिङ १.७२, विकास बैंक १.५५, फाइनान्स २.६४, हाइड्रोपावर ०.९९, लगानी १.१८, जीवन बीमा १.३७, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.९२, अन्य ०.९९ र व्यापार १.२६ प्रतिशत घटे ।
त्रिशुली जलविद्युत्को मूल्य ८.५ प्रतिशत बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको ७.५, कुथेली बुखरी स्मल हाइड्रोपावरको ६.६, भूगोल इनर्जीको ५.९९ प्रतिशत मूल्य बढ्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २८३२ अंकमा झर्यो, कारोबार रकम ७ अर्ब ६३ करोड
बढ्यो सेयर बजार, १० अर्ब ८२ करोडको कारोबार
नेप्से २८५८ अंकमा, १३ अर्ब ७ करोडको कारोबार
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि