जाजरकोट। जाजरकोटमा गएराति जिप दुर्घटना हुँदा एकमहिने दुधे बालकसहित पाँच जनाको मृत्यु भएको छ।
बुधबार राति ११ बजे जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोला कैना-कड्के सडक खण्डमा ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो। सातजना सवार रहेको जिपमा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोट नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी ३२ वर्षीय इन्द्रजित थापा (जिप चालक), अन्दाजी ६५ वर्षीया शिला पुन, अन्दाजी ३३ वर्षीया सारदा थापा, अन्दाजी १८ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मी पुनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको हो।
उनीहरुको मृत्यु नलगाड नगर अस्पताल दल्लीमा उपचारको क्रममा भएको र शव सोही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जाजरकोटकाे नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी १९ वर्षीय जनक थापा घाइते भएका छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनको नगर अस्पताल दल्लीमै उपचार भइरहेको छ।
यस्तै, अर्का घाइते नलगाड नगरपालिका-७ बस्ने २१ वर्षीय जिवन बिक नगर अस्पताल दल्लीमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात
बैतडीमा जिप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते