काठमाडौँ । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, काठमाडौँमा बुधबार प्रसाईँविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँ ले जनाएको छ । साइबर ब्युरोले पेश गरेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा दर्ता गरेको हो ।
विद्युतीय कारोबार ऐन विपरीतको कसुरको मुद्दा अदालतसम्म पुगे पनि प्रसाईँमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट जाँच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ