काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका लागि नवनियुक्त सह–नियन्त्रक डिल्लीराम प्रसाईंले पीएचडी नसकिँदै नामका अगाडि ‘डा.’ थपेर नियुक्ति लिएको विषयमा छानबिन हुने भएको छ ।
उपकुलपति कार्यालयका अनुसार पीएचडीका लागि छुट्टाएको ८ नम्बर प्रसाईंले पाए/नपाएको छानबिन हुने भएको हो । ‘पीएचडी सकिएको हो होइन, छनौट समितिले पीएचडीको लागि छुट्टाएको नम्बर उहाँलाई दिएको छ छैन छानबिन हुन्छ,’ भीसी कार्यालयका एक अधिकारीले भने ।
त्रिविले मेरिटको आधारमा उच्च अंक ल्याउनेलाई नियुक्ति गर्ने मापदण्ड बनाएको थियो । मापदण्ड अनुसार पीचडीका लागि ८ नम्बर छुट्टाइएको छ । प्रसाईंलाई पीएचडीको ८ नम्बर पनि दिएर सह–परीक्षा नियन्त्रक बनाएको आरोप लागेको छ ।
छनौट तथा सिफारिस समितिले नाम दिएपछि त्रिविले प्रसाईंलाई सह–परीक्षा नियन्त्रकमा गत बुधबार नियुक्ति गरेको थियो । उनले पीएचडी पूरा गर्न बाँकी रहेको गुनासो आएपछि त्रिविले छानबिन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अतिरिक्त क्रियाकलापलाई शैक्षिक अंकभार
त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको भर्ना खुल्यो
त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित