काठमाडौँ । सुनको सिक्री लुटमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौँको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ उर्फ बाबु छन् ।
आरोपीहरूले मङ्सिर २० मा नागार्जुन नगरपालिका–६ स्थित टौखेलमा ७२ वर्षीया महिलाको करिब २ तोलाको सिक्री लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सिक्री लुटेर उनीहरू मोटरसाइकलमा फरार भएका हुन् । आरोपीहरूमाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ