विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश सम्मेलन सुरु भएको छ। सम्मेलनको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।सम्मेलनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापासहित पाटीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, महासमिति सदस्य सहभागी छन्।
यस्तै महाधिवेशन प्रतिनिधि, पालिका सभापति, प्रतिनिधिसभा तथा प्रदेश अधिवेशन प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी छन्।विराटनगरमा हुने सम्मेलनको पूर्वसन्ध्यामा शेखर समूहले प्रदेशका पालिका सभापतिहरूको भेला राखेको थियो । पाटी केन्द्रले भेला रोक्न माग राख्दा राख्दै पनि शेखर समूहले सभापतिहरूको भेला नरोकेपछि संस्थापन पक्ष आक्रोशित छ ।
प्रदेश सभापति उद्धव थापाले पालिका सभापतिहरूको भेलाका बारेमा आफूलाई थाहा नभएको बताए। विराटनगरमा सुरु भएको सम्मेलनमा कांग्रेसमा इतर पक्षको नेतृत्व गरिरहेका शेखर कोइराला सहभागी छैनन्।
पार्टी सभापति देउवाको उपस्थितिमा आफ्नै गृह नगरमा हुने पार्टीको प्रदेश सम्मेलनमा वरियायतामा असन्तुसिष्ट जनाउँदै शेखर पूर्व निर्धातिर कार्यक्रम भन्दै चितवन पुगेका छन्।
पार्टीको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाको अहिले काँग्रेसको आन्तरिक मर्यादाक्रममा २६ औँ स्थान छ । शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापति उठ्ने भन्दै गतिविधि तीव्र पारिरहेका छन्।
इतर पक्षको भेलाले गरेको चार बुँदे निर्णय सम्मेलनमा सहभागी हुन आएका सभापति देउवालाई बुझाउने तयारी छ । कोशी प्रदेशका १३७ पालिका सभापतिमध्ये ११३ र ६ वटा महानगरका सभापतिहरु इतर पक्षको भेलामा सहभागी थिए।
प्रदेश सम्मेलनमा बन्द सत्रमा ६४८ जना प्रतिनिधिहरू सहभागी हुने र सोही सत्रले काँग्रेस कोशीको राजनीतिक, साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै पारित गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ मंसिर २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन