काठमाडौं। पत्रकारका ६ वटा संगठनहरूले यही मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्।
आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि कमल गिरीको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटा 'जुगल' छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन्।
प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च, नेपाल संयुक्त प्यानल बनाएर चुनावमा खडा भएका हुन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल, समावेशी उपाध्यक्ष सुवास साह, महासचिवमा लेखनाथ न्यौपाने, खुला सचिवमा उत्तर विष्ट, मधेसी सचिवमा सिर्जन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विश्वकर्मा, आदिवासी/जनजाति सचिवमा भीषण राई, एसोसिएट सचिवमा, विकास कार्की, कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा मणि दाहालसहित सिंगो केन्द्रीय समितिका लागि प्यानल बनेको हो।
प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनले महासंघलाई निहित एवं अमुक दलगत स्वार्थमा उपयोग गर्न खोजेपछि पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकार हितको उद्देश्यसहित यो साझा प्यानल खडा भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
पत्रकार र सञ्चार संस्थाहरूलाई जिम्मेवारीपूर्वक काम गर्न महासंघको अपिल
‘सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व’ : पत्रकार महासंघ
पत्रकार महासंघको अग्रगामी निर्णय :अनलाइन टिभीलाई पनि पत्रकारिताकै रुपमा स्विकार, एआई बारे मौन