काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार बिहान कास्की पुगेर भट्टराईले लामिछानेलाई भेटेका हुन्।
भेटपछि पत्रकारहरूसँगको कुराकानीमा भट्टराईले लामिछानेमाथि एकपछि अर्को गरेर दुःख दिने काम अस्वाभाविक र अन्यायपूर्ण रहेकाले ऐक्यबद्धता जनाउन आएको बताए।
‘रविजीप्रति सधैं सद्भाव छ, स्वास्थ्य कस्तो छ भनेर बुझ्न पनि आएको हुँ, स्वस्थ नै हुनु हुँदोरहेछ, उनले भने। उनले पचासौं लाख साना बचतकर्ताहरूको समस्या हल गर्नतिर सरकार नलागेको पनि बताए। एकातिर लामिछानेमाथि कारबाही प्रक्रिया लम्ब्याएर अर्कातिर सहकारी पचासौं लाख त्यस्ता बचतकर्ताहरूको समस्यालाई विषयान्तर गर्न खोजिएको भट्टराईको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ मंसिर २०८१, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'