काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बिहीबार बिहान राति भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ। रियल एथलेटिक क्लबसँग २-१ गोल अन्तरले पराजित भएको हो
एथलेटिक क्लबका लागि बेरेन्गुरले ५३ मिनेट र गुरुजिटाले ८० मिनेटमा गोल गरेका थिए। रियलका लागि एक गोल जुद बेलिंघमले खेलको ७८ मिनेटमा गरे। ७८ मिनेटमा गोल गरेर टिमलाई बराबरीमा ल्याए पनि रियलले हार टार्न सकेन।
खेलको ६८ मिनेटमा पेनाल्टी पाउँदा रियलका किलियन एम्बाप्पे चुकेका थिए। त्यो पेनाल्टी मिस नै रियलको हारको कारक बन्यो। ला लिगामा १५ खेल खेल्दा रियलको ३३ अंक छ। एथलेटिकोको १६ खेलमा २९ अंक छ। रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोनाको ३७ अंक रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल
स्पेनिस ला लिगा: रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटायो
स्पेनिस ला लिगा: बार्सिलोनाको अग्रता
स्पेनिस ला लिगा: एथलेटिको क्लबलाई पराजित गर्दै एथलेटिको मड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगा : बार्सिलोनाको शानदार जित
स्पेनिस ला लिगामा बार्सिलोनाको जित