सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलको मंगलबार राति मार्सल ल लगाउने प्रयास असफल पारेसँगै विपक्षी सांसदहरूले उनलाई महाभियोग लगाउने प्रस्ताव पेस गरेका छन् ।
मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले देशमा मार्सल लको घोषणा गरेका थिए। राष्ट्रविरोधी तत्त्वलाई हटाउन यो कदम चालिएको उनको भनाई थियो । तर, बुधबार बिहान उनले मार्सल ल लगाउने आदेश फिर्ता लिन बाध्य भएका थिए ।
आजदेखि दक्षिण कोरियाका विपक्षी दलका कार्यकर्ताहरूले राष्ट्रपति युन सुक-योलको राजीनामाको माग गर्दै देशभर प्रदर्शन गर्ने तयारी गरिरहेका छन्। योनहाप समाचार एजेन्सीको रिपोर्ट अनुसार दक्षिण कोरियाको सबैभन्दा ठुलो सहर बुसानमा कार्यकर्ताहरूले अर्को हप्ता हरेक दिन विरोध र्याली गर्ने योजना बनाएका छन् ।
आज साँझ, दक्षिण कोरियाको दक्षिण–पश्चिमी क्षेत्रमा अवस्थित ग्वान्जुमा मैनबत्ती लाइट मार्चमा एक हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ ।प्रदर्शनकारीहरूले आज दिउँसो दक्षिण-पूर्वी सहरहरू डेगु र पोहाङ र दक्षिण(पूर्वी तटमा रहेको जेजु टापुमा यस्तै र्यालीहरू गर्ने योजना बनाएका छन्।
यसैबिच दक्षिण कोरियाको मुख्य श्रमिक संघले अनिश्चितकालीन हडताल सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ मंसिर २०८१, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो