काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले खराब सुरुवात गरेको छ । १६२ रनको लक्ष्य पछ्याएको पोखरा ७ रन जोड्दा ६ विकेट गुमाएको छ ।
कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।किरण ठगुन्ना १, दिनेश खरेल १, माइकल लिस्क शुन्य रनमा आउट भए । बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३–३ विकेट लिएका छन् ।
तन्भिरले पहिलो ओभरमा महत्वपूर्ण ३ विकेट लिएका थिए । पहिलो ओभरमा उनले भुर्तेल, नाथ र लिडको विकेट लिएका हुन् । रिजनले पनि एकै ओभरमा ३ विकेट लिए । उनले चौथो ओभरको पहिलो बलमा दीनेश, चौथो बलमा किरण र अन्तिम बलमा माइलकको विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीविरुद्ध पहिला ब्याटिङ गर्दै काठमान्डु
कर्णाली याक्सविरूद्ध टस जितेर पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौँविरुद्ध पहिला बलिङ गर्दै पोखरा