काठमाडौँ । सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरूले प्रदर्शन गरेका छन् । रवि लामिछानेलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरूले प्रदर्शन गरेका हुन् ।
भरतपुरको कृषि कार्यालय अगाडी जम्मा भएर रविका समर्थकहरूले नाराबाजी गरेका थिए । उनीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगाएका नारा लगाएका थिए ।कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
चितवन सहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयानका लागि लामिछानेलाई मंगलबार नै काठमाडौँबाट चितवन लगिएको हो । चितवन सहारा सहकारीको रकम अपचलनको विषयमा पीडितहरूले पछिल्लो पटक रास्वपा सभापति लामिछानेसहित १० जना विरुद्ध पूरक जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ मंसिर २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'