काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मतदान गर्ने समय एक घण्टा मात्र बाँकी रहेको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
यो उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । हालसम्म करिब १ लाख ३८ हजारभन्दा बढी मतदाताले मत खसालेको अर्यालले बताइन् । उनले अझै अपडेट हुने क्रम जारी रहेकाले यो संख्या बढ्न सक्ने बताइन् ।
स्थानीय तहमा रिक्त ४१ पदका निम्ति आज बिहान ७ बजेदेखि मतदान भएको हो । बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै एउटा मतदान केन्द्र रहेका वडाहरूको मतगणना सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान