हुम्ला । सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण मतदान जारी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार १२ : ४० बजेसम्म ४० प्रतिशत मतदान भएको छ ।
१२ वटा मतदानस्थल, र १३ वटा मतदान केन्द्रमा ३ हजार ५९४ मत अर्थात ४० प्रतिशतभन्दा बढी मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताए ।उनका अनुसार मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । यहाँ ६ हजार ८१० मतदाता रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए ।
सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविका मतदान केन्द्रमा भोट हाल्न मतदाता लाइनमै छन् ।
उपाध्यक्ष पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।
उक्त मतदान केन्द्रमा ७३ जना कर्मचारी खटिएका र मतदान केन्द्रमा १७३ जनाभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रत्यक्ष मतदानमा समानुपातिकभन्दा बढी मत बदर, कुल प्रतिशत घट्यो
देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न
१८ वर्षपछि ‘विप्लव’ले गरे मतदान
मुगुमा किरियापुत्रीले गरे मतदान
बालकोट पुगेर ओलीले गरे मतदान
राप्रपा अध्यक्ष लिङ्देनले गरे मतदान