धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक(असई) ले श्रीमतीको हत्या गरेका छन् । भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीया नरेन्द्र विष्टले ३० वर्षीया श्रीमती ज्योती विष्टको शनिबार साँझ हत्या गरेका हुन् ।
ज्योती नरेन्द्रकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको निधनपछि विष्टले ज्योतीसँग दुई वर्षअघि बिहे गरेका थिए । शनिबार साँझ घरायसी विवादमा विष्टले श्रीमती ज्योतीको घाँटी र हातमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए । विष्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।
विष्टको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै