काठमाडौं । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । बिहीबार जहाजमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।
उनको आज सरकारी वकिलको कार्यालयमा बयान हुने बताइएको छ ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत संलग्नता रहेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोही सहकारी ठगीको अनुसन्धानको लागि उनलाई काठमाडौं ल्याइएको हो ।
लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गरी पोखरा लगिएको थियो । आज ४१औं दिनमा उनलाई काठमाडौं ल्याइएको हो । लामिछानेमाथि चितवनको सहारा सहकारी ठगीको समेत आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद: रवि लामिछाने
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने
वारेसमार्फत मुद्दा लड्न रवि लामिछानेले पाए अनुमति
प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला: रवि लामिछाने
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने