काठमाडौँ । मकवानपुरमा साबेल प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । मनहरी गाउँपालिका-६ प्रतापुरका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले आफ्नै घरमा सुतेका मनहरी गाउँपालिका-६ का ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।
उनीहरू दुवै जना सँगै मजदुरी काम गर्दै आएका थिए ।साबेल प्रहारबाट गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचार गर्ने क्रममा बिहीबार बिहान उनको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।
लोप्चनलाई प्रहरीले साबेलसहित नियन्त्रणमा लिएको छ। उनले सुतिरहेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या