काठमाडौँ । मकवानपुरमा साबेल प्रहार गरी एक पुरुषको हत्या गरिएको छ । मनहरी गाउँपालिका-६ प्रतापुरका ३४ वर्षीय अम्मरबहादुर लोप्चनले आफ्नै घरमा सुतेका मनहरी गाउँपालिका-६ का ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् ।
उनीहरू दुवै जना सँगै मजदुरी काम गर्दै आएका थिए ।साबेल प्रहारबाट गम्भीर घाइते भएका मोक्तानलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो । उपचार गर्ने क्रममा बिहीबार बिहान उनको मृत्यु भएको मकवानपुर प्रहरीले बताएको छ ।
लोप्चनलाई प्रहरीले साबेलसहित नियन्त्रणमा लिएको छ। उनले सुतिरहेका मोक्तानमाथि एक्कासी साबेल किन प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ मंसिर २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिनाजुले गोली हानेर गरे सालीको हत्या
अंश विवादमा देवरद्वारा भाउजूको हत्या
भोजपुरमा ४ जनाको सामूहिक हत्या
बारामा श्रीमानद्वारा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
ज्वाइँले गरे ससुराको हत्या
८० वर्षीया वृद्धाको हत्या, कुकुरको सहयोगमा अनुसन्धान गर्दै प्रहरी