काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। उनीहरूले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका विषयमा कुरा गरिएको नेकपाले जनाएको छ । प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरिएको नेकपा नेताहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणको शुभकामना पनि दिएका छन्।
भेटमा नेताहरूले देशको स्थिति जटिल बन्दै गएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बताएका थिए । भेटमा यसअघि नेकपासँग गरिएको तीन बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।
तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर्न र तीन बुँदे सहमतिपछि पनि गिरफ्तार गरिएका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह गरिएको नेताहरूले बताएका छन् ।
भेटवार्तामा प्रधानमन्त्री ओलीले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार दृढ भएको बताउँदै छिट्टै टुङ्गोमा पुर्याउने जवाफ दिएका थिए । भेटवार्तामा नेकपा एमाले र नेकपाबीचको छलफल र सहकार्यलाई अघि बढाउने विषयमा समेत कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ मंसिर २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनको भावना र मर्म अनुसार सेवा प्रदान गर्न कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री