काठमाडौँ। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगले सवारी साधनमा लाउड स्पीकर समेतको प्रयोग गरी निर्वाचन प्रचार प्रसारका कार्य भइरहेको भन्दै तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरेको पाइए सूचना आयोगले पाएको भन्दै त्यसरी तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्ने दल तथा उम्मेदवारलाई २५ हजारसम्म जरिवाना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।
यस्ता सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकोले आचारसंहिता विपरीत हुने यस प्रकारको कार्य नगर्न आयोगले स्थानीय प्रशासनलाई निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्द सूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु
निर्वाचन आयोगले दुःख दियो : रवीन्द्र मिश्र
समानुपातिकको बन्द सूचीमा २२ दलले मात्रै दिए ११० स्थानमा उम्मेदवारी
निर्वाचन आयोगमा काँग्रेसले बुझायो बन्द सूची
७ वटा दलले बुझाए समानुपातिकको सूची