काठमाडौँ। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगले सवारी साधनमा लाउड स्पीकर समेतको प्रयोग गरी निर्वाचन प्रचार प्रसारका कार्य भइरहेको भन्दै तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गरेको पाइए सूचना आयोगले पाएको भन्दै त्यसरी तोकिएको भन्दा बढी सवारी साधन प्रयोग गर्ने दल तथा उम्मेदवारलाई २५ हजारसम्म जरिवाना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।
यस्ता सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिई सकिएकोले आचारसंहिता विपरीत हुने यस प्रकारको कार्य नगर्न आयोगले स्थानीय प्रशासनलाई निर्देशन दिएको आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेलले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया