काठमाडौं । स्थानीय तह उपचुनावको वास्तविक मतपत्रको नमूना सार्वजनिक भएको छ । उपनिर्वाचन हुन लागेको पालिका र वडा गरी ४१ वटै स्थानका लागि छुट्टा छुट्टै आवश्यक पर्ने मतपत्रका डिजाइन तयार गरेपछि निर्वाचन आयोगले शुक्रबार नमूना सार्वजनिक गरेको हो ।
उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्हमात्र समावेश गरी मतपत्र तयार गरिएका आयोगका सहसचिव एवम प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् । उनका अनुसार स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् ।
यसरी उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूना सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइटमा राखिएको आयोगले जनाएको छ ।
उक्त वास्तविक मतपत्रको नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने भएकोले त्यसै अनुसार आवश्यक व्यवस्था गरी उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक कार्य गर्न गराउन आयोगले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय