काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोप–२९ मा नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी पहिलोपटक दुई पक्षीय सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन् । स्वीडेनसँग भएको सम्झौताले कार्बन व्यापार र जलवायु वित्तका सम्भावनाका क्षेत्रहरू खुल्दै जाने उनले बताएका छन् ।
‘कोप–२९ मा नेपाल र स्वीडेनबीच कार्बन व्यापारसम्बन्धी पेरिस सम्झौताको आर्टिकल ६ अन्तर्गत पहिलो पटक दुईपक्षीय सम्झौता भएको छ ।
यससँगै हामीले उठाउँदै आएको विषय नेपालमा कार्बन व्यापार र जलवायु वित्तका सम्भावनाका क्षेत्रहरू थप खुल्दै जाने छन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो सम्झौताले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) कार्यान्वयनमा सहयोग पुग्नेछ। साथै, कार्बन व्यापारबाट नेपालले अझ धेरै लाभ प्राप्त गर्नेछ ।
थापाले स्वीडेनजस्तै अन्य देशहरूसँग पनि दुईपक्षीय सम्झौता गरी जलवायु परिवर्तनका असरहरू कम गर्न तथा जलवायु वित्त र कार्बन व्यापारबाट लाभ लिन सक्नुपर्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षाको प्रमुख चुनौती दलीयकरण रहेको गगन थापाको दाबी
‘क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीका रूपमा चिन्दैन’: गगन थापा
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
रास्वपा महाधिवेशन सफलताको कामना गर्दै गगन थापाले दिए यस्तो शुभकामना
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा