काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कन्ट्री रेटिङले नेपालका लागि अनुकूल नतिजा ल्याएको बताएका छन् । बिहीबार नेपालले पहिलो पटक गरेको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएसँगै शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित रहेको सन्देश दिएको बताए ।
सार्वभौम क्रेडिट रेटिङ सबै नेपालीका लागि खुसीको नतिजा भएको भन्दै नेपालमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान समेत गरे । उनले भने, ‘यो गौरवको विषय हो, हामी यो नतिजामाथि उभिएर नेपालको अर्थतन्त्रलाई सवल, शक्तिशाली र लगानीका लागि अझ अनुकूल बनाउन भूमिका खेल्ने छौं ।’
नेपालले सार्वभौम क्रेडिट रेटिङमा ‘बीबी माइनस’ स्कोर प्राप्त गर्न सफल भएको छ । नेपालले प्राप्त गरेको रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको अर्थमन्त्रीले बताए ।
अर्थसचिव डा. राम प्रसाद घिमिरेले क्रेडिट रेटिङले राम्रो नतिजा दिएको अवस्थामा ऋणमा ‘रिक्स प्रिमियम’ कम हुने बताए । यसले हामी कहाँ छौं भन्ने थाहा भएको र व्यवसायिक वातावरणका लागि ‘कन्फिडेन्स’ बढाउन समेत भूमिका खेल्ने उनले बताए ।
रेटिङमार्फत सुधारका क्षेत्र पहिचान भएको भन्दै त्यसमा उत्प्रेरित हुन सहयोग पुगेको उनले बताए । उनले भने, ‘यो हाम्रो सुरुवात हो, निरन्तर रुपमा सुधार गर्न उत्प्रेरणा दिएको छ, हामी आगामी दिनमा त्यसतर्फ निरन्तर लाग्छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ मंसिर २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
नाफिजको पोस्ट बजेट कार्यक्रममा अर्थमन्त्री पौडेल सहभागी हुने
बजेट कार्यान्वयन आजैबाट सुरु हुन्छ : अर्थमन्त्री पौडेल
बजेट यथार्थपरक ल्याएको छु : अर्थमन्त्री पौडेल