काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट हटेकामा पीडित नभएको बताएका छन्।
बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकारबाट हट्दा जनतामा जाने अवसर पाएको तर्क गरेका हुन्।
‘मलाई अहिले सरकारबाट बाहिर भए पनि पीडामा चाहिँ बिलकुलै छैन है, ‘उनले भने, ‘कोही कसैले यो सरकारबाट हटेपछि पीडित भयो होला भन्ने ठान्नुहुन्छ होला। मचाहिँ छैन। यो विषयमा चाहिँ मैले साथीहरूलाई धन्यवाद भन्छु कि, जनतामा जाने अवसर जुटाइदिनु भएको छ। म अब गोरखामा नियमित आउँछु र तपाईँहरूसँग अन्तरक्रिया गरिरहन्छु।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’