काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकारबाट हटेकामा पीडित नभएको बताएका छन्।
बुधबार गोरखामा आयोजित पर्यटन व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सरकारबाट हट्दा जनतामा जाने अवसर पाएको तर्क गरेका हुन्।
‘मलाई अहिले सरकारबाट बाहिर भए पनि पीडामा चाहिँ बिलकुलै छैन है, ‘उनले भने, ‘कोही कसैले यो सरकारबाट हटेपछि पीडित भयो होला भन्ने ठान्नुहुन्छ होला। मचाहिँ छैन। यो विषयमा चाहिँ मैले साथीहरूलाई धन्यवाद भन्छु कि, जनतामा जाने अवसर जुटाइदिनु भएको छ। म अब गोरखामा नियमित आउँछु र तपाईँहरूसँग अन्तरक्रिया गरिरहन्छु।’


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, २१ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड