काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले लोकरिझ्याँईको राजनीति गलत भएको बताएका छन् । बुधबार काठमाडौँमा विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले नेपाली समाज नै ढोगी बनिरहेको उल्लेख गर्दै के बोल्दा तत्काल ताली बज्छ त्यही मात्रै बोल्ने क्रमको विकास भएको बताए । उनले कलाकारको बिचमा पुग्दा पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा पनि मजदुर नेता थिएँ जस्ता लोकरिझ्याँईका अभिव्यक्ति दिनु नहुने बताए ।
मन्त्री गुरुङले नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै नचाहिने भन्दै निर्वाचन जितेपछि र पार्टी एवं नेताको नजरमा परेपछि मन्त्री बन्ने परम्परा गलत रहेको बताए । सही पात्र नपाउँदा देश विकास हुन नसकेको उनको भनाइ छ । उनले विषय विज्ञहरूलाई सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो समाज नै ढोगी समाज भयो । समाज एकदम ढोगी समाज छ । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने । हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोगी चिजहरु नगरौँ भन्ने मान्यता मेरो हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ मंसिर २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको ‘झोले अभियान’को गलत प्रचार भयो : पृथ्वी सुब्बा गुरुङ
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री गुरुङ
समाज रुपान्तरणका लागि बौद्ध धर्म दर्शन पालन गर्नुपर्छ : मन्त्री गुरुङ
आतंकवाद,अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
विपक्षी दलसमेतको सहमतिमा संविधान संशोधन : सञ्चारमन्त्री गुरुङ
टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक छ: सञ्चारमन्त्री गुरुङ